दुवै पक्षका नेताले मैले गरेको सही भन्ने अडान त्याग्नुपर्छ : गोकर्ण विष्ट

२७ जेठ, काठमाडौं ।

नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताएका छन् ।

पार्टीभित्रको आन्तरिक किचलो विभिन्न बहाना र रूपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताका लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने नेता विष्टले स्पष्ट परे ।

Advertisement

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता विष्टले दुवै पक्षका नेताहरूले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सही भन्ने अडान त्याग्नुपर्ने बताए । संवादका क्रममा नेता विष्टले प्रतिनिधि सभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरूलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने उपाय हुने बताए ।

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्तिबीचको टसलले, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिस्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे ।

पार्टीको आन्तरिक किचलोमा पार्टीभित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिले खेलिरहेको स्वीकार गरे । बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top