दूर्लभ रोगसँग लडिरहेकी सियोना श्रेष्ठलाई क्लासिक टेकको १० लाख सहयोग

३ कात्तिक ७७, मंगलबार

४ कात्तिक, काठमाडौँ ।
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारकालागिक्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् । क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो ।

Advertisement

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमाबुबाले विभिन्न फण्डिंग मार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गो फण्ड मी डट कममार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मागर्न सकिने व्यवस्था गरिएको छ ।

यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन । क्लासिक टेकले सहयोग बाहेक आधिकारीक सोशल मिडिया मार्फत सहयोगको अपिल समेत गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top