देउवालाई किन छ डर ?

११ चैत, काठमाडौँ । पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग ।

कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला भन्ने चिन्ता छ उसलाई ।

०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभएको बेला प्रतिनिधिसभा विघटन गरी मध्यावधि सिफारिस भयो । भदौ १२ मा सर्वोच्चले प्रतिनिधिसभा व्युँताइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार ढाल्नका लागि एमालेले पहिलोचोटि सद्भावना पार्टीसँग मिलेर अविश्वास प्रस्ताव लग्यो ।

Advertisement

त्यसबेला ऊसँग रहेका केही सांसदका कारण प्रस्ताव पारित हुने निश्चित थियो । तर, सभापति गजेन्द्रनारायण सिंहले अन्तिममा आएर आफैँले ‘यसमा हाम्रो समर्थन छैन’ भनिदिनुभयो । एमाले र राप्रपाहरु हेरेका हे¥;यै भए । धन्न अहिलेजस्तो, एकचोटि अविश्वासको प्रस्ताव दर्ता भएपछि एक वर्षसम्म अर्को प्रस्ताव दर्ता नहुने प्रावधान त्यसबेला थिएन । र, गजेन्द्रनारायणको धोकापछि राप्रपाको एउटा खेमालाई मनाएर एमालेले अविश्वास प्रस्ताव पारित गरायो र ०५३ मै लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभयो । अहिले कांग्रेसको झस्काईसँग त्यही घटना जोडिएको छ ।

कांग्रेस बैठकमा यस्तो इतिहास सम्झने व्यक्ति हुन्, सभापति निकट रमेश लेखक । नेपालको समकालीन राजनीतिलाई सतही रुपमा बुझ्नेलाई लाग्छ– ओलीले भारतलाई यत्रो गाली गरे । त्यसकारण शेरबहादुर देउवाका लागि यो मौका हो । तर, राजनीति बुझ्नेहरु भन्छन्, ‘यो बचकना सोचाई हो ।’

किनभने, भारतको पहिलो उद्देश्य नेकपालाई क्षतविक्षत बनाउनु थियो, बन्यो । माओवादी फुटाउने प्रपञ्च पनि सफल भयो । अब नेकपा एमालेको फुटलाई अझ संस्थागत गर्दै जाने कुरा स्वभाविक तवरले भइरहेकै छ । यसका लागि पनि अहिले ओलीलाई भरथेग गर्नु भारतका निम्ति श्रेयष्कर हुन्छ । यही आधारमा शेरबहादुरले बुझेका छन्, ‘म पहिलो प्राथमिकता होइन ।’

आजको जनआस्था साप्ताहिक समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top