देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएः प्रकाशमान सिंह

२३ कात्तिक ७७, सोमबार

२४ कार्तिक, काठमाडौं ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएको आरोप लगाएका छन्।

सोमबार बिहान गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा पुगेर यस्तो बताएका हुन्। गणेशमानको शालिकमा माल्यार्णपछि नेता सिंहले महाधिवेशन सकिएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मुखमा गठन गरेर देउवाले अप्रजातान्त्रिक कदम चालेको बताएका हुन्।

१३ औं महाधिवेशन सकेको दुई महिनामै विभाग गठन गर्नुपर्नेमा ४ वर्षे कार्यकाल सकेर पनि देउवाले केही नगरी महाधिवेशनको मुखमा यस्तो कदम चालेको उनले बताए। पटकपटक कार्यतालिका फेरेर पनि गम्भीरता पार्टीको नेतृत्वमा नेदेखेको प्रकाशमानको आरोप थियो।

Advertisement

१४ औं महाधिवेशनको तिथिमिति तोकिसकेपछि महाधिवेशन निष्पक्ष होस् भन्ने आम वर्करको चाहना छ। प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक कदम भइरहेको छ। यसविरुद्ध २७ जना केन्द्रीय सदस्यले १६ बुँदे विरोध प्रस्ताव बुझाएकै हो, उनले भने, विभागहरु खारेज हुनुपर्ने माग हामीले त्यसमा राखेका छौं।

यो कुनै भागबण्डाको राजनीति नभएको उल्लेख गर्दै उनले विधिसम्मत पार्टी चल्नुपर्ने सिंहको भनाई थियो। यसैमा आफूहरु लागिरहेको उनले बताए। राजनीति गर्ने मान्छेले जनताको विश्वास जित्नुपर्ने कुरा गणेशमानबाट सिक्नुपर्ने प्रकाशमानको भनाई थियो।

Advertisement

काँग्रेसमा अहिले महाधिवेशनको मितिबारेको किचलो र विभाग गठनको किचलो कायमै रहेको छ। किचलो समाधानका लागि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पटकपटक पदाधिकारी बैठकमा छलफलसमेत भएका छन्।

यद्यपि कुनै निष्कर्ष भने निस्केको छैन। यसैबीच यी विषयमा छलफल गर्न आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समिति फेरि सरेको छ। २४ गतेका लागि बोलाइएको बैठक २७ गतेका लागि सारिएको हो।

यसअघि कात्तिक २१ गते बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनका कारण स्थगित गरिएको थियो। देउवाले पौडेललगायत अन्य पक्षको सहमति बिनै बहुमतको बलमा आफ्ना पक्षका नेताहरुमात्र राखेर विभिन्न विभागहरु गठन गरिसकेका छन्।

पछिल्ला पदाधिकारी बैठकमा देउवाले विभाग गठनबारे आफू छलफल गर्न तयार नरहेको अडान कायम राख्दै आएका छन्। यता काँग्रेसको १४ औं महाधिवेशनका लागि तोकिएको म्याद पनि गुज्रिन थालेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top