देशका अधिकांश भागमा आज दिनभर पानी पर्ने

२४ जेठ, काठमाडौँ ।
केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेको छ । आज पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा पानी पर्ने मौसमविदले बताएका छन् ।

अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूणर् बदली रही केही स्थानहरूमा वर्षा भइरहेको छ । प्रदेश १, गण्डकी प्रदेश, सु.प प्रदेश, कणर्ाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

शनिबार दिउँसो पनि अधिकांश ठाउँमा वर्षा भइरहनेछ । प्रदेश १ र २ तथा बागमती प्रदेशमा पूणर् बदली तथा गण्डकी, कणर्ाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

राति पनि प्रदेश १ र बागमती प्रदेशमा पूणर् बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहने जनाइएको छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ समेत पर्ने तथा उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top