देशका धेरै नदी तथा खोलामा बाढी, आज पनि धेरै ठाउँमा झरी पर्ने

१४ जेठ, काठमाडौं ।

लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।

Advertisement

अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ ।

यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । यस्तै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल बगाएको छ ।

Advertisement

चम्पादेवी गाउँपालिका–१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो ।

गण्डकी, वाग्मती र लुम्बिनी तथा प्रदेश–१ र २ का केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलाको आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो । भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ ।

पर्सि आइतवार र सोमवार पानी पानी नपर्ने तर त्यसपछि भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार आइतवार र सोमवार मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । त्यसपछि भने नेपालमा न्यूनचापीय रेखाको प्रभावका कारण पानी पर्न सक्ने उनले बताए । मनसुन नजिकिँदै गरेकाले प्रि–मनसुनका गतिविधि थप सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top