देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने

२३ बैशाख ७८, शुक्रबार

२४ बैशाख, काठमाडौं । देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । चितवनसहित पश्चिममा बादल लागेको छ । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि अहिले बादल लागेको छ ।

Advertisement

दिउँसोपख काठमाण्डौ उपत्यकामा पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै आज बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ ।

केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top