देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए

१२ कात्तिक ७७, बिहीबार

काठमाडौँ : भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।

अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् । ‘रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हाम्रा नानीहरूलाई हिर्काएछन्,’ सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले कान्तिपुरलाई भने, ‘मेरा १७ र १३ वर्षका छोराहरू एकेडेमीकै विद्यार्थी भएको ७ वर्ष भइसक्यो, पहिलो पटक यसरी कुटिएको घटना सुनें ।’ उनी छोराहरूलाई घर फर्काउन मद्दत मागिरहेका छन् ।

शेर्पाका अनुसार एकेडेमीमा नेपाली गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ । ‘मैले पनि लुम्बिनीबाटै छोराहरू रिम्पोचेलाई बुझाएको थिएँ,’ शेर्पाले भने, ‘तर यो वर्ष अलिक ननिको काम त्यहाँ भयो । चार महिनाअघि लकडाउनकै बेला मेरो भाइको छोरालाई पागल भन्दै बोर्डरमा ल्याएर छाडिदिए, त्यो छोराको मानसिक उपचार गर्दै छौं ।’ शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएका थिए ।

Advertisement

टेन्डीका अनुसार सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङसहितका ३० भन्दा बढी जिल्लाका लामा विद्यार्थी शाक्य एकेडेमीमा पढ्छन् । ‘घर जान माग गर्दा कुटपिट गरेर राखिएको रहेछ । अब कम्तीमा १० दिन स्कुल बाहिर जान नदिने रे । त्यही भएर उद्धारका लागि पहल सुरु गरेका हौं,’ टेन्डीले भने । शाक्य एकेडेमीका १८ विद्यार्थी भने दसैंअगाडि भागेर नेपाल आएका थिए । उनीहरूले समेत स्कुलमा खानसमेत नपाइएको लगायतका समस्या अभिभावकलाई सुनाएका थिए । ‘स्कुलका प्रिन्सिपल र अध्यक्षसमेत कहींकसैको सम्पर्क आउन चाहेका छैनन्, दिल्लीको नेपाली दूतावासलाई पनि खबर पुर्‍याउन सकिएको छैन,’ टेन्डीले भने । उनले एकेडेमीमा पढाउने केही भारतीय शिक्षक तथा सहयोगीबाट पाएको तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ ।

यो घटनाबारे स्थलगत जानकारी लिन बिहीबार हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेयसहितको समूह जाने भएको छ । ‘विद्यार्थीको उद्धार गर्नुपरे नेपाली दूतावासको समन्वयमा यहाँको नेपाली समाजले सहयोग गर्नेछ,’ पाण्डेयले कान्तिपुरसँग भने, ‘हामी पीडित विद्यार्थीको औषधोपचार र अरू सहयोग गर्छौं ।’

Advertisement

घटनाबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top