दोस्रो मात्रा खोप पर्खिरहनु भएका ज्येष्ठ नागरिक केही समय धैर्य गर्नुस् : मन्त्रालय

२३ जेठ, काठमाडौं ।

सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा पर्खिरहेकाहरूलाई केही समय धैर्य गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले यसअघि कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथि उमेर समूह तथा हिमाली क्षेत्रका ५५ वर्षमाथिका नागरिक दोस्रो मात्राको पर्खाइमा रहेका भन्दै केही समय धैर्य गर्न आग्रह गरे ।

Advertisement

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. पौडेलले कोभिशिल्डको दोस्रो मात्रा १६ हप्ताको फरकसम्म लगाउनुपर्ने र त्यसबेलासम्म पनि नहुँदा स्वास्थ्यमा हानी नभइ सङ्क्रमणको जोखिम बढ्ने मात्रै भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

उनले दोस्रो मात्राका लागि आवश्यक झन्डै १३ लाख डोज खोप ल्याउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको भन्दै सकेसम्म चाँडै खोप ल्याएर दोस्रो मात्रा पूरा गर्ने बताए ।

Advertisement

उनले १८ वर्षमाथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन पनि सरकारले प्रयास गरिरहेको बताए । प्रवक्ता पौडेलले सम्भव भएसम्म कोरोनाविरुद्धको खोपका लागि अनलाइन आवेदन दिन पनि आग्रह गरे ।

आवेदन दिँदैमा चाँडो खोप पाउने सुनिश्चितता नभए पनि सरकारलाई व्यवस्थापनमा सहजता र खोप केन्द्रमा फाराम भर्ने समय बचत हुँदा भिड कम हुने भएकोले अनलाइन आवेदन खुला गरिएको प्रवक्ता पौडेलले बताए ।

यस्तै अनलाइन आवेदन नदिएकै कारण खोपबाट कोही पनि नछुट्ने पनि उनले स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top