९ असार, विराटनगर ।
मोरङको धनपालथानका २ जना आमा—छोरा कोरोना सङ्क्रमित उपचारपश्चात् सोमबार घर फर्केका छन् । बिराटरनगरको कोशि कोभिड —१९ अस्पतालमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।
पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको धनपालथानका स्वास्थ्य संयोजक रिसि सेठले जाानकारी दिए ।
कोरोनामाथि जित हासिल गर्नेहरुमा धनपालथान गाँउपालिका निवासि ३० बर्षिया आमा र १२ बर्षिय छोरा रहेका छन् । स्वास्थ्य सयोजक सेठले धनपालथान गाँउपालिकाको जनता क्याप्समा क्वारेन्टाइनमा जेष्ठ २६ गते उनिहरुको रिपोर्ट पोजिटिभ आए संगै उपचारलागि बिराटनगर पठाईएको थियो ।