धमाधम अगाडि बढ्दैछन् ठूला आयोजना

१४ मंसिर ७७, सोमबार

बुटवल: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ ।

पछिल्लो पटक, यो साता सुरु भएका महìवाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना । दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो । यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् । सङ्घीय बजेटका यस्ता आयोजनासँंगै प्रदेश र स्थानीय तहबाट पनि कयौँ विकास निर्माणका योजना सञ्चालनमा छन् ।

अर्थमन्त्री पौडेल भन्नुहुन्छ, “बुटवल–पश्चिम धानखोला सडक, बुटवल–पोखरा सडक विस्तार लगायतका थप आयोजना पनि थपिने छन् । बजेटको प्रबन्ध भइरहेको छ । स्रोतको अभाव हुनेछैन् ।” उहाँका भनाइमा बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्गको काम पनि छिट्टै अगाडि बढ्नेछ । पछिल्लो पटक सुरु भएको तिनाउ दानव करिडोर चार अर्ब १३ करोडमा बन्न लागेको हो । नेपालले अङ्ग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला नजिक भएर भारतीय सीमा मर्चवार पुग्ने यो करिडोर ५० किलोमिटरको हुनेछ ।

Advertisement

आयोजनाका अनुसार बुटवल क्षेत्र भएर बग्ने तिनाउ र दानव नदीका दुवैतर्फका किनारै किनारमा करिडोर बन्नेछ । तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुनेछ । त्यसका लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ ।

सम्झौता अनुसार तिनाउ खण्डको ३६ महिना र दानव खण्डको २७ महिनामा सडक निर्माण सक्नुपर्नेछ । पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्कदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलबास झोलुङ्गे पुलदेखि नयांँगाउंँ पुलसम्म करिडोर निर्माण हुनेछ । करिडोरमा आकर्षक विभिन्न अन्य संरचना पनि हुनेछन् ।

Advertisement

झुम्सा खानेपानी आयोजना जनघनत्व बढिरहेको बुटवलमा खानेपानीको दीर्घकालीन समाधानका लागि केन्द्रित छ । लामो समयको प्रतीक्षापछि छ अर्ब ३५ करोड ३५ लाख रुपियाँको यो आयोजना अघि बढेको हो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेका अनुसार यो आयोजनाले आगामी १५ वर्षपछिको बुटवलको मागलाई समेत सम्बोधन गर्नेछ ।, याे समाचार गाेरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top