धरहराको २२ औँ तलामा आज शिवलिङ्ग राखियो

८ वैशाख, काठमाडौँ । लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।

Advertisement

गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ।

पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।

Advertisement

२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्दैछन्। सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो।

Advertisement

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ। भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top