धरान र बराहक्षेत्रमा गरी थप चार संक्रमितको मृत्यु

८ कात्तिक ७७, आइतबार

९ कार्तिक, विराटनगर।
सुनसरीमा कोभिड–१९ संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित छन् । चारै जनाको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान–१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ ।

कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो । यसै गरी धरान–१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको धरान उपहानगरपालिकाका प्रमुख तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणबाटै धरान–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको विस्तृत विवरण आउन बाँकी रहेको मेहताले जानकारी दिए । कोरोना संक्रमणबाटै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

Advertisement

बराहक्षेत्र नगरपालिकाका प्रेस सल्लाहकार नवराज विष्टका अनुसार क्षयरोग, दम र एचआईभीका दीर्घरोगी रहेका उनलाई चतरास्थित आइसोलेसन सेन्टरमा राखिएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top