सुनसरी, पुस २८
सुनसरीको बराहाक्षेत्र नगारपलिका–४ चतरा नहरमा बग्दै गरेका १ जना मानिसको प्रहरीले उद्धार गरेको छ ।
शुक्रबार दिउँसो २ बजेको समयमा नहरमा एक जना मानिस बगिरहेको भन्ने स्थानीय बालबालिकाहरुले जानकारी गराएपछि प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले नहरमा बगिरहेका तत्कालिन भोजपुर वासीङ गाबिस ७ ठेगाना भएका ३२ बर्षीय रमेश बिष्टलाई उद्धार गरेको हो ।
बिष्टको साथमा रहेको नागरिकताको आधारमा ठेगाना, नाम खुल्न आएको र उनको साथमा ९६१० नगद समेत रहेको प्रहरीले जनाएको छ ।
उनको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।