नाकाहरूमा अनियन्त्रित आवागमन, संक्रमितको जोखिम बढ्यो

१० बैशाख , काठमाडौ । भारतमा संक्रमण चुलिएसँगै नेपाल छिर्नेको भीड बढेपछि सीमा नाकामा परीक्षण र संक्रमण देखिएकाको व्यवस्थापन सरकारको नियन्त्रणभन्दा बाहिर पुग्न थालेको छ ।

आइसोलेसन सेन्टरको सुविधा नभएकाले संक्रमण पुष्टि भएकाहरू सिधै घर पुग्ने गरेका छन् । मुख्य नाकामा परीक्षण गर्न खोजिए पनि हेल्थ डेस्क छलेर प्रवेश गर्नेहरू थुप्रै देखिन्छन् ।

खुला सीमा भएकाले जहाँसुकैबाट नेपाल छिर्नेको लर्को छ । संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङसमेत छैन ।

Advertisement

मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रमा अव्यवस्थित रूपमा भारत आउजाउले संक्रमणको जोखिम झन् बढेको छ ।

विराटनगर जुटमिल दक्षिण, दरहैया, मटेरुवा तथा इस्लामपुरस्थित दशगजाबाट सुरक्षाकर्मीको अगाडिबाटै आउजाउ भइरहेको छ ।

Advertisement

किनमेलका लागि दिनहुँ हजारौं व्यक्ति भारतीय बजार जोगबनी र अन्य सहर आउजाउ गर्ने गरेको स्थानीय सुमन लामाले बताए ।

विराटनगरको बजार क्षेत्र र सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्नेजस्ता मापदण्डसमेत अपनाएको देखिन्न ।

विराटनगरस्थित रानी नाकाबाट वैशाख १ देखि बिहीबारसम्म १ सय ५ जना मात्र औपचारिक रूपमा प्रवेश गरेका छन् । जसमध्ये ९ जनामा संक्रमण पुष्टि भएको रानी नाका हेल्थ डेस्कका संयोजक डा. कमलकिशोर यादवले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top