नाभाल्नीको जेलमा निधन भए रुसले गम्भीर परिणामको सामना गर्नुपर्ने अमेरिकाको चेतावनी

६ वैशाख, एजेन्सी । अमेरिकाले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएमा रुसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको खबर सार्वजनिक भइरहेको बेला अमेरिकाले रुसलाई चेतावनी दिएको हो ।

अमेरिकाले नाभाल्नीको अवस्थाबारेमा तत्काल स्पष्ट जानकारी दिएर उचित उपचारको व्यवस्था गर्न भनेको छ ।

Advertisement

यस्तै युरोपियन युनियन, बेलायत, फ्रान्स लगायतले पनि नाभाल्नीको उपचारमा हेलचेक्र्याइँ भइरहेको भन्दै चासो व्यक्त गरेका छन् ।

उपयुक्त उपचार नपाएमा नाभाल्नीलाई अब धेरै बचाउन कठिन हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका बीबीसीले जनाएको छ । रु

Advertisement

सले भने नाभाल्नीको स्वास्थ्य अवस्था जटिल बनेको कुरा स्वीकार गरेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी गएको मार्च ३१ देखि अनसनमा छन् ।

उनलाई गएको फेब्रुअरीमा जेल सजाय भएको थियो । नाभाल्नीमाथि गएको अगस्टमा विष आक्रमण भएको थियो । जर्मनीमा उपचार गराएर रुस फर्किएका नाभाल्नी विमानस्थलबाट पक्राउ परेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top