नाभाल्नीले गरे जेलमै सत्याग्रहको घोषणा

१८ चैत ७७, बिहीबार

१९ चैत्र, एजेन्सी ।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले जेलमै सत्याग्रहको घोषणा गरेका छन् ।

उपयुक्त स्वास्थ्य सेवाको मागसहित नेता नाभाल्नीले पिनल कोलोनीमा भोक हड्तालको घोषणा गरेका हुन् ।

ढाड दुख्ने समस्या र दायाँ गोडामा रहेको समस्याका लागि उपयुक्त स्वास्थ्य सेवा नपाएको उनले इन्स्टाग्रम मार्फत जानकारी गराएका छन् । यस्तै आफू पर्याप्त मात्रामा सुत्न नपाएको पनि उनले उल्लेख गरेका छन् ।

Advertisement

४४ वर्षका नाभाल्नी गएको जनवरीमा जर्मनीबाट रुस फर्किएका थिए । गएको वर्षको अगस्टमा विष दिएर उनको हत्या प्रयास भएपछि उपचारका लागि जर्मनी लगिएको थियो ।

पाँच महिनापछि स्वदेश फर्किएका उनलाई रुसी सत्ताले विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यसपछि उनलाई जेल सजाय तोकिएको थियो ।

Advertisement

अहिले उनलाई मस्कोबाट १०० किलोमिटर पूर्वको आइके–२ पिनल कोलोनीमा राखिएको छ ।

आफूले स्वास्थ्य समस्या बताएर उपचारका लागि आग्रह गरे पनि पिनल कोलोनीका सुरक्षाकर्मीहरुले अस्वीकार गरेको नाभाल्नीले बताएका छन् ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । कोष दूरुपयोग सम्बन्धी मुद्दाको प्रोवेशनका शर्त उल्लंघन गरेको भन्दै उनलाई रुसी अदालतले दुई वर्ष ८ महिनाको जेल सजाय तोकेको छ ।

उनीमाथिको आरोप र सजाय राजनीतिक रुपमा प्रेरित रहेको बताइन्छ । युरोपियन कोर्ट अफ ह्युमन राइट्सले उनको जीवन जोखिममा रहेकाले रिहाइ गरिनु पर्ने बताएको छ ।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यो हप्ता नाभाल्नी अरु सरह कानून अनुसार सजायको भागिदार रहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top