निजगढ विमानस्थलकाे गुरुयोजना बनाउने कम्पनी छनोट

७ मंसिर ७७, सोमबार

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिनुभयो ।

प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको जानकारी दिँदै उहाँले थप्नुभयो, ‘‘गुरुयोजना निर्माणको जिम्मा अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले पाएको छ ।’’

Advertisement

गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको हो । गुरुयोजना निर्माण गर्न प्राधिकरणले माग गरेको आशय–पत्रमा एक दर्जन कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

छनोट भएका ती कम्पनीसँग सम्झौता भएको डेढ वर्षभित्र विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । ३० करोड रुपियाँको लागतमा नयाँ गुरुयोजना निर्माण हुन लागेको हो । ‘‘सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए’’, महानिर्देशक पोखरेलले भन्नुभयो, ‘‘विस्तृत प्रस्ताव आएका मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा–बीडीए कम्पनीले गुरुयोजना निर्माण गर्न छनोट भएको हो ।’’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top