निजामती सेवा दिवस : पुरस्कृत गर्न ४० कर्मचारी छनोट, भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

२२ भदौ, काठमाडौं ।
सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । दिवसको अवसरमा १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारका लागि छनोट गरेको हो ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्दै आएकोमा यसवर्ष सर्वोत्कृष्ट निजामती कर्मचारी पनि फेला पर्न सकेनन् । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सर्वोत्कृष्ट कर्मचारीलाई २ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने सरकारले जनाएको थियो ।

मुख्य सचिवको नेतृत्वको समितिले आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा १ लाख रुपैैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ ।

Advertisement

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा बेइजिङस्थित नेपाली राजदूतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज जोशी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थी छन् ।

यसैगरी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार बम, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव टामलाल पाण्डे, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकृत (छैटौं) उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामा पनि एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनोट भएका छन् ।

Advertisement

यसैगरी ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कारका लागि रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी छनोट भएका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।

छनोट भएकाहरुलाई सरकारले औपचारिक कार्यक्रम गरेरै पुरस्कृत गर्ने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

१७ औं निजामती सेवा दिवस २०७७ मा पुरस्कृत हुने कर्मचारीहरुको नामावली

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top