निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्छः दाहाल

२८ चैत ७४, बिहीबार

चितवन, २९ चैत ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउँदै भने, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।”

शिक्षा नीतिमा आमूल सुधार गर्नुपर्नेमा जोड दिँदै उनले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए । शिक्षा नीति ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण हुनुपर्ने सुझाव दिँदै उनले सीधै रोजगारी सिर्जना गरेर विकास गर्ने शिक्षा नीति बन्नुपर्ने बताए ।

Advertisement

फरक प्रसंगमा उनले सुकुम्बासी समस्या समाधानका लागि आफूहरुले गृहकार्य गरिरहेको र पूर्जा वितरण प्रक्रिया दुई चरणमा हुने बताउँदै पहिलो प्रक्रियामा घर दर्ता र दोस्रो प्रक्रियामा जग्गा दर्ता गरी लालपूर्जा वितरण गरिनेछ भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ भोजराज पौडेलले प्रगति विवरण प्रस्तुत गरेका थिए । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालय विसं २०२४ मा स्थापना भएको हो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top