टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलोपटक विराटनगर बाहिरको विद्यालयलाई

विराटनगर, मंसिर २२
विराटनगर जुनियर जेसीजद्धारा आयोजित २३ औँ अन्तर विद्यालय ‘टेस्टी टेस्टी क्वीज कन्टेष्ट’को उपाधी इटहरीको लिटल फ्लावर्स स्कुलले जितेको छ । शुक्रबार विराटनगरको विरेन्द्र सभागृहमा भएको फाइनल प्रतियोगितामा लिटल फ्लावर्सले ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै उपाधी जित्न सफल भएको हो ।

टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलो पटक विराटनगर बाहिरको विद्यालयले जितेको हो । उपाधीसँगै फ्लावर्सले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र पाएको छ ।

Advertisement

प्रतियोगितामा विराटनगरको सगरमाथा स्कुलले दोस्रा स्थान हासिल ग¥यो भने एभरेष्ट स्कुल तेस्रो स्थानमा रह्यो । दोस्रा स्थान हासिल गरेको सगरमाथाले नगद १० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो। त्यस्तै तेस्रो स्थानमा रहेको एभरेष्टले प्रतियोगितामा नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो।

 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, काबरा गु्रपका म्यानेजीङ डाइरेक्टर श्याम काबरा र नवलकिशोर काबरा, विराटनगर जेसीजका पूर्व गोपाल गुप्ता, इन्द्र खेतान, टिपि आचार्य, प्रज्वललाल श्रेष्ठ, देवेश प्रधान, जुनियर जेसीजका राष्ट्रिय संयोजक अभिनाष थापा, विराटनगर जुनियर जेसीजका अध्यक्ष मिलाप कर्णले विजेता विद्यालयलाई पुरस्कार वितरण गरेका थिए ।

 

पाँच दिन सम्म चलेको सो प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका गरी जम्मा ३६ वटा विद्यालयले सहभागिता जनाएको विराटनगर जुनियर जेसीजका अध्यक्ष मिलाप कर्णले जानकारी दिए । बिहिबार सम्पन्न सेमीफाइनल प्रतियोगिताबाट ६ विद्यालय फाइनल चरणमा प्रवेश गरेका थिए ।

विराटनगरको उत्कृष्ट एवम् चर्चित सो प्रतियोगितालाई काबरा गु्रपले सुरुवातदेखि नै एक्लो प्रायोजकको रुपमा प्रायोजन गर्दै आईरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top