निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप, के भने सोधपुछमा ?

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् ।

प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे ।

के भने सोधपुछमा ?
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ ।

Advertisement

निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका वेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो बनाएको हो ।’ दुवैजनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ ।

Advertisement

प्रदीपले यसअघि पनि आफन्त नै बलात्कार गरेको र सो घटना घरभित्रै गुपचुप राखिएको अनुसन्धानमा खुलेको छ । उनकै एक आफन्तले प्रहरीसँग प्रदीपको विगतबारे बताएका छन् । उनी चोरीका घटनामा विगतमा पनि पक्राउ परेका व्यक्ति हुन् ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top