निर्यात व्यवसायीलाई ग्लोबल आइएमई बैंकले सुलभ कर्जा दिने

९ पुस ७७, शुक्रबार

१० पौष, काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाकालागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बिहीबार साँझ बैंक र महासंघबीच सम्झौता भएको हो । सम्झौतपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले निर्यात व्यवसायी महासंभमा आवद्ध व्यवसायीहरुलाई अल्पकालिन तथा दिर्घकालिन अवधिका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । त्यसबाहेक महासंघका सदस्यहरुलाई आवश्यक सबै प्रकारका बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

Advertisement

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रपसाद ढकालले स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात बढाउन र अर्थतन्त्रलाई थप बलियो बनाउने उद्देश्यले निर्यात व्यवसायीहरुलाई सुविधान प्रदान गर्ने सम्झौता भएको बताए ।

बैंकले निर्यात व्यवसायीहरुलाई विदेशी मुद्राको अभाव हुन नदिन डलर खाता तथा डलर क्रेडिट कार्डमा विशेष सेवा दिने पनि अध्यक्ष ढकालले बताए । सम्झौता अनुसार बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने मात्र नभई निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान दिने, पुनरकर्जा उपलब्ध गराउने, विदेशी मुद्रा खाता तथा सटही सुविधा लगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top