नि:शुल्क खाना खुवाउने अभियानलाई महानगरले लगायो रोक

१६ कात्तिक ७७, सोमबार

१७ कात्तिक, काठमाडौं।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाउने भएको छ।

सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको  तथा सरकारको बेइज्जत भएको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिएको हो।

Advertisement

तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

Advertisement

महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामेश्वर ज्ञवालीले अभाव नभएकाहरू पनि खाना खान आउने गरेको दावी गरे। उनले भने, ‘आफै खान सक्नेहरू पनि त्यहाँ गएर जान थाले। जसका कारण भिड बढ्यो। संक्रमणको चुनौती बढ्यो। त्यसैले अभियान्ताहरूलाई व्यवस्थित बन्न आग्रह हो।’

ज्ञवालीका अनुसार अभियान्ताहरूले पार्टी प्यालेस वा अन्य स्थलमा व्यवस्थित ढङ्गमा अभियान जारी राख्नसक्ने जानकारी दिए। उनले भने, ‘सार्वजनिक स्थलमा गर्दा फोहोर र अस्तव्यस्तता बढ्यो। महानगरपालिकालाई अप्ठ्यारो भयो।’

उनले असहाय र गरिबलाई मानव सेवा आश्रमसँगको समन्वयनमा उद्धार गर्ने दावी गरे। विपन्नलाई आवश्यक नाना, खाना र छाना दिन महानगरपालिकाले आश्रमसँग सहकार्य गरेको उनले बताए। लकडाउन यता पनि आश्रमले सडक मानवहरूको उद्धार गरिरहेको जानकारी दिए।

विभिन्न समूह एवं संस्थाले खुवाउने खाना खान फरक फरक ठाउँमा गरी दैनिक २५ सय देखि ३ हजार मानिस आउने अभियान्ता पुकार बमले दावी गरे। उनले ‘हाम्रो सानो प्रयास’मार्फत् खाना खुवाउँदै आएका छन्।

अभाव नभोगी कोही सडकमा खाना खान नआउने तर्क उनको छ। पुकारले भने, ‘सक्ने भए आङभरी कपडा र नाङ्गो पैतालामा जुत्ता लगाएर आउथे होलान्। उनीहरूलाई पनि संक्रमणको डर होला। एक छाक खानाकै लागि किन भिडमा मिसिन्थे?’

पुकारका अनुसार महानगरपालिकाले यसअघि पनि केही पटक अभियानमा रोक लगाउने सूचना जारी गरेको थियो। तर, खाना खोज्दै आउनेहरु रोकिएनन्। दिनेहरूले दिन छाडेनन्।

उनले सरकारले आफै खुवाउन नथालेसम्म खाना खुवाउने काममा रोक लगाउनु असम्भव भएकाे बताए ।  पुकारले भने,’गाँस खोस्ने हो भने भोकाहरू आक्रोशित हुन्छन्। उनीहरू प्रदर्शनमा उत्रन्छन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top