निषेधाज्ञाले विभिन्न ठाँउमा फसेका पर्यटकको उद्धार गर्न सञ्चार सेल गठन

२३ वैशाख, काठमाडौँ । निषेधाज्ञापछि मुलुकका विभिन्न भेगमा फसेका पर्यटकको उद्धार र समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन भएको छ ।

नेपाल पर्यटन बोर्डले यस्तो संयन्त्र सक्रिय बनाएको हो । यसअघि लकडाउनको समयमा समेत बोर्डले नेपालमा फसेका पर्यटकको उद्धार सोही संयन्त्रमार्फत गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा घोषणा गरेको छ ।

Advertisement

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने भएको हो ।

सोही बमोजिम बोर्डले बुधबार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याएको छ ।

Advertisement

बोर्डको तथ्यांक अनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २१ वैशाखको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको समेत जनाइएको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा सूचना गर्न सकुन भनेर हटलाइन, मेल तथा वेव Hotline :- 9851252666,Email :- [email protected] सञ्चालनमा ल्याएको समेत जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top