नेकपाका सांसदलाई राष्ट्रियसभामा किन रुन मन लाग्यो ?

१७ असार ७७, बिहीबार

१८ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले राजनीतिक दलहरुको आयस्रोतको विषयमा जनतालाई जानकारी हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले राजनीतिक, सार्वजनिक र नीजि क्षेत्रमा समेत भ्रष्टाचार व्याप्त हुँदै गएकाले जनताले राजनीतिक दलहरुको आयस्रोतका विषयमा चासो राख्ने गरेको बताए । निर्वाचनमा बहुमतिय प्रणाली भन्दा बहुधनिय प्रणाली हावी हुँदै गएकाले जनताले राजनीतिक दलहरुको आयस्रोत परदर्शी हुनुपर्ने माग राखिरहेको बताए ।

उनले भने, ‘‘आज जनताहरुले राजनीतिक दलहरुको आयस्रोत के हो भनेर प्रश्न गरिरहेका छन् । पारदर्शी हुने की नहुने ? जनताले थाहा पाउने की नपाउने ? उनीहरुलाई ट्याक्स लाग्ने की नलाग्ने ? राजनीतिक दलहरुले लिने सहयोग भनेको अग्रिम रिसवत हो की के हो ? यो कुरा जनताले जान्न पाउनुपर्छ । यसमा कानूनी प्रवन्ध हुनुपर्छ जनताले भनिरहेका छन् । ’’

Advertisement

जनप्रतिनिधिहरुले बजेट लिएर गाउँमा जाँदा ४० प्रतिशतसम्म कमिसन लिने गरेको गुनासो आउने गरेको उनले बताए । जनप्रतिनिधिहरुमाथि जनताको विश्वास कम हुँदै गएपछि नियन्त्रणका लागि कानूनी प्रवन्ध गर्दै सदाचारीका लागि तयार हुनुपर्ने बताए ।

नीजि क्षेत्र र सामाजिक क्षेत्रमा हुने घुस लेनदेनले धनि र गरिबबीचको खाडल बढ्दै गएको उनले बताए । अहिलेको बहस भ्रष्टाचारीहरुलाई सहुलियत भन्दा पनि नियन्त्रण र न्यूनिकरण गर्नेतर्फ हुनुपर्ने उनले बताए । तत्कालिन समयमा पद्मरत्न तुलाधर संसदमा रुनुभएको स्मरण गर्दै उहाँले अहिले आफुलाई पनि त्यस्तै भइरहेको बताए । उनले भने, ‘‘पद्मरत्न तुलाधर संसदमा रुनु भएको थियो मलाई पनि त्यस्तै भइरहेको छ । हाम्रो मनमा रहेका सिद्धान्त, दर्शन, नैतिकता सबैको मृत्यु भएको हो ? के आज उपभोक्तावादमा डुबेर आज सबैको सिद्धान्त, दर्शन र नैतिकता अन्त्य भएको हो ? पक्कै पनि होइन यस्तो हुनु हुँदैन् ।’

Advertisement

सरकारी कार्यालयको पियनले एक रुपैयाँ घुस खाएको अवस्थामा उ सधैका लागि अयोग्य हुने तर अन्य क्षेत्रका व्यक्तिहरुले करोडौँ घुस लिँदा समेत उ अयोग्य नहुने, भ्रष्टाचारी नहुने ? भन्दै उनले प्रश्न गरे । भ्रष्टाचार नियन्त्रणको जिम्मा एउटा संस्थालाई मात्रै दिएर नहुने उल्लेख गर्दै उनले व्यवहारिक निष्कर्षका साथ अगाडी बढ्नुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top