नेकपाको अब विकल्प के ?

१४ मंसिर ७७, सोमबार

काठमाडौं : नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन्।

प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष दाहालको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस कसरी बनाउने र त्यसलाई पार्टीका कुनै पनि कमिटीमा निर्णय प्रक्रियाबाट रोक्ने भन्ने रणनीति बनाउन छलफल थालेको छ। दाहाल पक्ष सचिवालयमा छलफल गर्दै दुवै प्रस्तावलाई कसरी स्थायी समिति र केन्द्रीय समितिमा लगी निर्णय प्रक्रियामा पुग्ने भन्नेमा केन्द्रित भएको छ।

ओलीले शनिबार दाहालको प्रस्तावको जवाफ दिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत नेतासँग परामर्श गरेका थिए। ओलीको परामर्श आइतबार पनि उनै नेताहरूसँग जारी रह्यो।

Advertisement

दाहालले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक र ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन, मात्रिका यादवलगायत नेतासँग भेट गरे। ओलीनिकट स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ दाहालको ‘आरोपपत्र’को प्रत्युत्तर प्रधानमन्त्रीले दिएपछि अब यसलाई यहीँ अन्त्य गरेर महाधिवेशनमा केन्द्रित भएर जानुपर्ने अबको तयारी रहेको बताउँछन्। ‘प्रचण्ड कमरेडको आरोपपत्रको प्रधानमन्त्रीले जवाफ दिनुभएको छ। त्यसलाई उहाँहरूले कसरी लिनुभएको छ ? उहाँहरूले जस्तोसुकै अपराध नै गरे पनि हामी अब त्यसरी जानु हुँदैन। शान्तपूर्वक, शिष्टपूर्वक उहाँहरूको आरोपको जवाफ दिएर आफ्नो पोजिसन स्पष्ट गर्ने काम भइसकेको छ’, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङ भन्छन् ।

उनी भन्छन्, ‘अब दायाँ–बायाँ होइन, ५ वर्ष सरकार चलाउन पाउने कुरामा तलमाथि कसैले गर्न पाउँदैन। महाधिवेशन गर्नेतिर छिटो गएर नेतृत्व चयन गरेर जानुपर्छ। महाधिवेशनबाटै अब सबै समस्या समाधान गर्ने गरी लाग्नुपर्छ भन्ने हाम्रो कुरा छ। अध्यक्ष तथा प्रधानमन्त्रीलाई पनि त्यही सुझाव हामीले दिएका छौं। अध्यक्षको पनि त्यही ढंगले कुरा आफ्नो जवाफदेखि सबै कुरामा आएको छ।’, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top