नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको स्थिति गम्भीर बन्याे : कांग्रेस

८ कात्तिक, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सा घटनाको विषयमा यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीलाई घटनाबारे ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन्।

प्रवक्ता शर्माले विज्ञप्तिको सुरुमै  प्रश्न गरेका छन्, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?’,

Advertisement

उनले भनेका छन्, ‘पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’ सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच झडप भएको, उपचारक्रममा एक घाइतेको निधन भएको, दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको घटनाप्रति कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

घटना दुःखद् भएको भन्दै प्रवक्ता शर्माले यसको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरेका छन्। उनले दोषीलाई कानुनी कारवाही गर्नसमेत माग गरेका छन्।

Advertisement

प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटना विवरण अत्यन्तै दुःखद छ। विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ । नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो। तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ।’

जुनसुकै घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारवाही गर्नुपर्ने माग शर्माले गरेका छन्। पर्सा घटना भएको तीन दिनसम्म जाहेरीसमेत नलिएको भन्दै उनले आपत्ति जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top