नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : भीम रावल

७ मंसिर ७७, आइतबार
Share this
702shares

७ मंसिर, काठमाडाैँ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले नेपाल पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा शनिबार कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए । उनले भने, “पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ ।”

Advertisement

नेता डा रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे । उनले थप भने, “नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।”

नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए । जनमतको कदर गर्नकै लागि भए पनि पार्टी हमेशा एकढिक्का भएर जानेसमेत उहाँले जानकारी दिए ।

Advertisement

नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही हुने बताए । नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उनको भनाइ थियो ।

“हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ”, उनले भने, “नेकपाको सरकारको पालामा विकासका गतिले तीव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार ग¥यो भन्ने आरोप लगाएका हुन्, जुन आरोप निराधार छन् ।”रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top