नेकपा बैठकमा शीर्ष नेताहरूले भने : प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुस्

१६ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका हुन् ।

Advertisement

नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न सक्रिय रहेको भन्ने अभिव्यक्तिलाई लिएर बैठकको सुरुमै अध्यक्ष दाहालले त्यसबारे जावाफ मागेका थिए । उनले भारतीय राज्य संयन्त्र सरकार ढाल्न लागेको नभइ पार्टीले नै राजीनामा मागेको बताएका थिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको कारण सरकार र पार्टी अप्ठ्यारोमा परेको भन्दै दुवै पदबाट राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए । त्यसपछि वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमले पनि यसरी नै पार्टी र सरकार नचल्ने भन्दै दुवै पदबाट राजीनामा दिन भनेका थिए ।
एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गर्नुभएको छ ।’

Advertisement

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर श्रेष्ठले प्रचण्ड र ओलीले के–के भनेका थिए भन्ने खुलाएनन् ।

एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top