नेकपा विवाद : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

१३ कात्तिक ७७, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्।

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए। ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भयो। त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए।

Advertisement

गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए। त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।,याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top