NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

नेकपा सचिवालय नै ‘विभाजित’

शनिबार कार्तिक २२ , २०७७
Reading Time: 1 min read
A A
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निष्कर्ष
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ थापासँगको भेटमा पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरिन् । यी दुवै भेटमा थापाले स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गरेर एकता बचाउन दुवै अध्यक्ष मिल्नु नै अन्तिम विकल्प भएको जवाफ दिए । त्यही कुरा थापाले शुक्रबार बिहान अध्यक्ष दाहालसँगको भेटमा पनि गरे ।

तर शुक्रबारै दिउँसो अध्यक्ष दाहालले बोलाएको सचिवालय सदस्यहरूको अनौपचारिक छलफलमा थापा देखिएनन् । ओलीलाई जानकारी दिएरै दाहालले बोलाएको छलफलमा समेत नगएर थापाले ओलीको पक्षमा आफ्नो कित्ता स्पष्ट गरेका हुन् त ? ‘उहाँ अन्तिमसम्म पनि दुई अध्यक्ष नै मिल्नुपर्छ भनेर लाग्नुहुन्छ,’ थापानिकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘यो सन्देश उहाँले अध्यक्ष दाहाललाई पनि दिइसक्नुभएको छ ।’ पार्टी कार्यालय धुम्बाराहीमा बसेका दाहालनिकट नेताहरूको भने थापासहित अनुपस्थित अरू नेताहरूबारे बेग्लै बुझाइ छ । सचिवालय सदस्यहरूको भेलाले थापासहित पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल छलफलमा नआएर आफूहरूलाई गुटवादी र फुटपरस्त नेताका रूपमा उभ्याएको निष्कर्ष निकालेको छ ।

LS Auto

करिब २ घण्टा भएको उक्त छलफलमा सचिवालय सदस्य अब को कता छन् भनेर कित्ता स्पष्ट भएको निचोड निस्किएको त्यहाँ सहभागी एक नेताले बताए । ‘निर्णय केही गर्छ कि भनेर डराएको हो भने अनौपचारिक बैठक हो, समस्याबारे छलफल गरौं भन्दा पनि उहाँहरू नआएकामा हामी छक्क पर्‍यौं,’ उनले कान्तिपुरसँग भने । ‘हामीलाई नै गुटबन्दी गरे भनेर आरोप लगाउने साथीहरू उल्टै किन गुटवादी र फुटपरस्त भएका होलान् ? यो त सरासर कित्ताकाट नै हो नि,’ उनले भने ।

दाहालले सचिवालयका चार सदस्यहरूलाई गरेको ब्रिफिङअनुसार प्रधानमन्त्री ओलीले बिहीबार नै नेकपामा अहिले गुट मात्रै रहेकाले आ–आफ्नो गुटको बैठक गरे भइहाल्यो नि भनेका थिए । ‘पार्टी लगभग अलग नै भइसक्यो । हाम्रा आ–आफ्ना पार्टी छन्, मेरा कार्यकर्तालाई म मेरै लाइनको अपडेट गराउँछु, तपाईंतिरकासित तपाईंकै लाइनको कुरा गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले उक्त छलफलमा ब्रिफिङ गरेका थिए, ‘हाम्रो पार्टीको कमिटी भनेको गुट हो, मेरो गुटको छुट्टै बैठक बस्छु, तपाईंको गुटको छुट्टै बैठक बस्नुस् ।’ ओलीले आफ्नो लाइनबारे बिहीबार नै प्रस्ट पारिसकेको र शुक्रबार अरू सचिवालय सदस्यहरूलाई पार्टी समस्याबारे छलफल गर्न जुटौं भन्दा पनि नआएर त्यसमा बल पुर्‍याएको सचिवालयका एक सदस्यले बताए ।

ओलीनिकट नेताहरू भने दाहाल–नेपालहरूले दिनदिनै चार जनाको बैठक राखेर कित्ताकाट गरिसकेको बताउँछन् । ‘औपचारिक होस् या अनौपचारिक, दुई अध्यक्षबीचको छलफल र परामर्शमा बैठक गर्न नमिल्ने नेकपाको विधि, पद्धति, विधान र परम्परा छ,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरूले गुटको भेला गर्नुभएको हो, खुमलटारमा गइरहने धुम्बाराहीमा पनि गए, दुई अध्यक्ष नै मिल्नुपर्छ भन्ने लाइनका गएनन्, उहाँहरूको र हाम्रो कित्ता छुट्टिएकै हो ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.