नेकपा स्थायी कमिटी बैठक शनिबार बस्‍ने गरी स्थगित

१८ असार, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ । अर्को बैठक शनिबार ११ बजे बस्ने तय भएको छ ।

बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने अवस्था आएको र पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरूबीच आपसी छलफल गर्नुपर्नेमा जोड दिएको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।

त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरूबीच छलफल हनुपर्नेमा सदस्यहरूको जोड रहेकाले शनिबारका लागि बैठक बोलाईएको उनले बताए ।

Advertisement

आजै प्रधानमन्त्री निवास बालुवाटारमा बिहान केही बेर सञ्चालन भएर केहीबेर स्थगित भएको सो बैठक पुनः शुरु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले केही बेरअघि राष्ट्रपनि विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्किएपछि बैठक पुन शुरु भएको थियो ।

श्रेष्ठका अनुसार आज मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर बसेर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top