नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि

३० असोज ७७, शनिबार

१ कार्तिक, काठमाडौं ।

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ ।

‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ ।

Advertisement

राष्ट्रसंघले विकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकाङ्कमा रुपमा राखेको छ । नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ ।

गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका झण्डै ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

Advertisement

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताएका छन् ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि कोरोना महामारीले गरिबीको दुष्चक्र झनै बढाएको भन्दै गरिबी घटाउन अझ धेरै प्रयासहरु आवश्यक रहेको बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top