नेपालको समन्वयमा भारत र पाकिस्तानबीच वार्ता

१५ असोज ७६, बिहीबार

१६ असोज, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताए ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर विहीबार काठमाडौँ फर्कदै गर्दा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिंगपिङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका छन् ।

Advertisement

मन्त्री ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको बिकास सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए । भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि बताए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देश बीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग रसुवा काठमाडौँ रेलमार्ग हुने बताए । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताए ।

Advertisement

यस्तै मन्त्री ज्ञवालीले न्युयोर्कमा भएको सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक पनि सकारात्मक भएको बताए । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक बोलाएको थियो ।

बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कश्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए तर परराष्ट्रमन्त्री ज्ञवालीले बार्ताले संवादको थालनी गरेको बताए ।

मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालीन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो ब्यक्त भएको बताए । मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए ।

नेपालले न्याय ब्यबस्थापनमा बिस्तृत शान्ति सम्झौता,नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता,नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए ।

पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्रसंघका विभिन्न संस्थाले चासो ब्यक्त गरेका छन् । साथै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top