नेपालमा कोभिडविरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्ने

२ मंसिर ७७, बुधबार

३ मंसिर, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् ।

खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताए।

अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । तर नेपालमा यसको प्रभाव र खोप ल्याउने प्रक्रिया कस्तो हुन्छ भन्नेमा भर पर्ने डाक्टर राजभण्डारीले बताए।

Advertisement

विभिन्न अध्ययनअनुसार ‘सार्स कोभ–२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ ।

भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उनको भनाइ छ ।

Advertisement

तर, कोभिड–१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको भनिएको छ । त्यसकारण खोप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।

तर अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिने अवस्था भने नभएको डाक्टर राजभण्डारीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन र रुसमा बनिरहेका खोपलाई नेपालमा परीक्षणका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । विभिन्न देशका धेरै कम्पनीले खोप निर्माण ९० प्रतिशत सफल भएको दाबी गरेकाले नेपालमा पनि यसले आशा भने जगाएको छ ।

अमेरिकी औषधि निर्माण कम्पनी फाइजर र जर्मन साझेदार कम्पनी बायोएन टेकले कोरोनाविरुद्ध निर्माणाधीन खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको छ ।

ग्यामालिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ खोप पनि ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरिएको छ ।

दुवै कम्पनीले ९ नोभेम्बरमा सार्वजनिक गरेको जानकारीअनुसार ६ देशका ४३ हजार पाँच सय जनामा यो खोप परीक्षण गरिएको थियो । सन् २०२० भित्रै ५० लाख डोज खोप उत्पादन गरिसक्ने तयारीमा रहेको दुवै कम्पनीको दाबी छ ।

र सन् २०२१ अन्तिमसम्म एक करोड ३० लाख सङ्क्रमितलाई खोप उपलब्ध गराउने लक्ष्य दुवै कम्पनीको देखिन्छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले उत्पादन र परीक्षण गरिरहेको खोप ‘अक्स–१ एन कोभ–१९’को परीक्षण नतिजा पनि राम्रो देखिएको छ ।

यो खोपले अनुमति पाएपछि भारतमा पनि उत्पादन गर्ने तयारी छ । भारतमा डिसेम्बरसम्ममा १० करोड खोप उत्पादनको लक्ष्य एस्ट्राजेनेकाको छ ।

यीबाहेक चीनमा परीक्षण क्रममा रहेको खोपप्रति पनि वैज्ञानिकको आशा देखिन्छ । तर, त्यो खोप परीक्षण क्रममै रहेको र पूर्ण जानकारी सार्वजनिक नगरिएकाले कहिलेसम्म बजारमा आउँछ भन्ने यकिन छैन ।

विश्व स्वास्थ्य संगठनले विकासोन्मुख देशका लागि खोप वितरण गर्न बनाएको योजना ‘कोभ्याक्स’मा नेपालसहित एक सय ५६ देश सहभागी छन् ।

यसलाई वैज्ञानिक रूपमा प्रमाणित भएका खोप विकासोन्मुख देशमा पुर्याउने योजनाका रुपमा मानिएको छ ।

झण्डै एक वर्षदेखि नेपालसहित विश्व समुदाय कोरोना भाइरसविरुद्धको खोपको पर्खाइमा रहेका बेला सार्वजनिक भएका यस्ता खबरले आशा जगाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top