२० जेठ, काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ (कोरोना भाइरस) को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो ।
‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ ।