नेपालमा कोरोनाले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत दीर्घरोगी

२५ साउन ७७, सोमबार

काठमाडौँ : कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग (कमोरबिडिटी) भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ ।पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार दुईसहित ७५ जनाको मृत्यु भइसकेको छ ।

यो संख्या जम्मा संक्रमित (२२ हजार ९ सय ७२ जना) को ०.३ प्रतिशत हो । मृत्यु हुनेमा १६ जना (२१.३३ प्रतिशत) महिला र ५९ जना (७८.६६ प्रतिशत) पुरुष छन् । जसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । दुई बालक र एक बालिकाको समेत कोरोनाले मृत्यु भएको छ ।
‘बढी उमेर भएका व्यक्तिमा संक्रमण र मृत्युदर बढ्दै गएको छ, यो चिन्ताको विषय हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार ज्येष्ठ नागरिकमा मृत्यु बढी देखिए पनि सबै उमेर समूहमा कोभिड जटिलताको जोखिम छ । कोरोनाको अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत (३३ पुरुष र १० महिला) मा एक वा त्योभन्दा बढी दीर्घरोग देखिएको बताए ।

घरबाहिर बढी निस्किने उमेर समूहको व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिममा ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै डा. अधिकारीले भने, ‘ज्येष्ठ नागरिकलाई संक्रमणबाट जोगाउनु परिवार, समाज, आफन्तको दायित्व हो, नत्र यो वर्गमा कोरोनाले मृत्युलगायत जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’ हालसम्म सबैभन्दा कम उमेरअन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ वर्षीया महिला र पुरुषको कोभिडले मृत्यु भएको छ । गण्डकी प्रदेशका ४९ दिने बालकको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो भने पर्साकी ८५ वर्षीया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको थियो । कोरोनाले ज्यान गुमाउनेमध्ये १६ जना (२१.३ प्रतिशत) विदेशबाट आएका हुन् । जसमा भारतबाट आएका १३ तथा कतार, चीन र मलेसियाबाट आएका एक–एक जना छन् ।

Advertisement

आधाभन्दा बढीले आफूलाई संक्रमण भएको थाहै नपाई मृत्युवरण गरेको पाइएको छ । ४३ जना (५७.३ प्रतिशत) को मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘पाँच जना (६.७ प्रतिशत) को मृत्यु एक अस्पतालबाट अर्कोमा सार्दासार्दै बाटोमै भएको हो,’ डा. बीसीले भने, ‘२० जनाको मृत्यु आईसीयू/भेन्टिलेटरमा भएको हो ।’, याे खबर आजकाे कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top