नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८० प्रतिशत नाघ्यो

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका एक हजार पाँच सय ५८ जना रहेका छन् । गएको २४ घण्टामा काठमाण्डौमा एक हजार ६० जना, भक्तपुरमा दुई सय १५ जना र ललितपुरमा दुई सय ८३ गरी एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार चार सय ५४ पुगेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top