नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ४ जनाकाे मृत्यु

१ असाेज, काठमाडाैँ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो ।

आज मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिलाको मृत्यु भउकोहो । काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । आजसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय ३०, प्रदेश नम्बर २ मा ६ सय ८७, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ र गण्डकी प्रदेशमा ७ सय ८८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १८, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ७२, प्रदेश नम्बर २ मा १ हजार २ सय ८७, बागमती प्रदेशमा ४ हजार १ सय ८७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६७, कर्णाली प्रदेशमा १ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय १३ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन् । आज आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन्।

आज १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top