नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १२ जनाकाे मृत्यु

२ कात्तिक, काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै नेपालमा आज कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । हालसम्म कुल १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताए । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुमरमा १ सय ३० जना रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भई घर फर्किनेको संख्या २ हजार ३ सय २६ रहेको छ । यससँगै आजसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ ।

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् । आइसियुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको पनि प्रवक्ता गौतमले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top