नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २६ जनाकाे मृत्यु

५ कात्तिक, काठमाडाैँ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण फेला परेको बताए।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । हलसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ । जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आएसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज आइसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २ सय ६९ रहेको छ । भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ । देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ ।

सबै कोभिड १९ अस्पताल र प्रयोगशालाहरु दशैं विदामा समेत आवश्यकता अनुसार सञ्चालन हुने पनि प्रवक्ता गौतमले बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top