नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु

१० भदौ, काठमाडौँ ।
नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५पुगेको छ ।

आज ८ सय भन्दा बढीमा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भएका १३ हजार २ सय ५३ वटा परीक्षणमा ८ सय ८५ जनामा संक्रमण देखिएको हो । जसमा २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन । काठमाडौं उपत्यकामा मात्रै ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा मा ४७ र भक्तपुर जिल्लामा मा २४ जनामा संक्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।

आज ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन ।

आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन ।

क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कणर्ाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top