NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता शनिबार कार्तिक १ , २०८२
चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त शनिबार कार्तिक १ , २०८२
नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए शनिबार कार्तिक १ , २०८२
ब्याजदर झरे पनि तरलता अझै प्रशस्त शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप शनिबार कार्तिक १ , २०८२
Next
Prev

समाचार

नेपालमा प्याजको उत्पादन ३ लाख मेट्रिक टन रहँदा खपत ४ लाख

आइतवार अशोज ४ , २०७७
Reading Time: 1 min read
A A
नेपालमा प्याजको उत्पादन ३ लाख मेट्रिक टन रहँदा खपत ४ लाख
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असोज, काठमाडौँ ।
नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ ।

खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति र अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केहीदिन यता नेपाली बजारमा प्याजको भाउ फेरि आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो । वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तिब्र उतारचढाव आउने स्थिति भने देखिदैन् । उनले नेपालमा करिब ४ लाख मेट्रिक टन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिक टन रहेको बताए । उनले भने, ‘तथ्याङ्कगत हिसाबमा हेर्दाखेरी हाम्रो उत्पादनले वार्षिक मागलाई पुग्दैन । अघिल्लो वर्षको तथ्याङ्क हे¥यो भने आर्थिक वर्ष २०७६÷०७७ मा करिब ३ लाख मेट्रिकटनको उत्पादन छ । त्यहि सँगसँगै हाम्रो अयातलाई हेर्दाखेरी १ लाख ६ हजार मेट्रिकटन छ । यसले आयात र हाम्रो उत्पादनको तथ्याङ्कलाई जोड्दा करिब ४ लाख खपत भएको देखिन्छ । त्यसमा पनि वास्तविक रुपमा के देखिन्छ भने उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०÷१२ प्रतिशत नोक्सान हुन्छ । त्यो १०÷१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ । ’

आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाई छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उनको भनाई छ । नेपालमा खासगरी मौसमी खेतीको रुपमा मंसिर÷पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तरपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ । नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । तर पछिल्लो चारपाँच वर्षको तथ्याङ्क हेर्नेहो भने नेपालको उत्पादन प्रत्येक वर्ष बढ्दै गएको आचार्यले बताए । उनले भने ‘हाम्रो उत्पादन नपुग्ने हो तर हाम्रो उत्पादन हुँदै नभएको भन्ने चाहिं होइन ।

LS Auto

विशेष गरेर प्याजको उत्पादन वर्षमा २ सिजनको हुन्छ । एउटा मुख्य सिजन बैशाख तिर हार्भेष्ट हुने मंसिर पुस तिर रोकेर बैशाखमा हार्भेष्ट हुने मुख्य सिजन भयो । नेपालमा पनि त्यहि हो र भारतमा पनि त्यहि हो । अर्को साउन तिर रोपेर कार्तिक मंसिरमा हार्भेष्ट हुने हो । कार्तिक मंसिर तिर जुन प्याज हार्भेष्ट गर्छौं त्यो चाहिं बेमौसमी प्याज पनि भनिन्छ । यो बेमौसमि प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन् । भर्खर सुरुवातको क्रममा मात्रै छ । प्याजको व्यवसायीक रुपमा अगाडि बढ्ने सन्दर्भलाई यसरी हेर्दाखेरी चारपाँच वर्षको तथ्याङ्कलाई हे¥यौं भने उत्पादन केही मात्रामा बढ्दै गएको अवस्था छ ।’ नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षेत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ ।

नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०६९÷०७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भने ‘स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ । ’

नेपालमा उत्पादन बढाउनको लागि बिउको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखा परेको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताए । नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेती गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताए । उनले भने ‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ । बिउकै लागि भनेर हाम्रो तथ्याङ्कमा हेर्दाखेरी १ सय ५० क्विन्टल बिउ उत्पादन छ । विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ र खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाईपनि भारतबाट खुला बोर्डरबाट आउने बिउले नै पुरा गरेको अवस्था देखिन्छ किनभने भारतबाट बिउ कानुनी रुपमा निर्यात गर्नलाई रोक लगाएकै छ । कानुनी रुपामा त्यो आउँदैन् ।’

नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पु¥याउन नसकेको बताए । त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेति गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यले बताए । उनले भने ‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भएपनि निश्चित रुपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानहरुले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुनेहुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसानहरु कम आकर्षित भएको पाइन्छ ।’

लोकप्रीय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२

विचार

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२

थप समाचार

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता
अन्तर्राष्ट्रिय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो
अन्तर्राष्ट्रिय

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन
ताजा समाचार

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

ब्याजदर झरे पनि तरलता अझै प्रशस्त

शनिबार कार्तिक १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.