नेपालमा भेटियो कोरोना भाइरसको संक्रमण

१० माघ, काठमाडौं । छिमेकी राष्ट्र चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ ।चीनबाट फर्किएका एक विद्यार्थीमा उक्त भाइरसको संक्रमण भेटिएको हो ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका ती विद्यार्थीलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमाजाँचपोजेटिभ आएको र हाल उक्तव्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ । ती बिरामीको रिपोर्ट विहीबार आएको र उसमा कोरोनाभाइरस भेटिएको अस्पतालले पुष्टि गरेको छ ।चीनको हुवान सहरबाट फैलिएको सो भाइरसका कारण अहिलेसम्म चीनमा २६ जनाको मृत्यु भईसकेको छ भने यो संक्रमणको आशंकामा पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको चिनियाँ संचारमाध्यामहरुले जनाएका छन ।

Advertisement

कोरोना भाइरसको संक्रमण कै कारण चीन सरकारले त्याहा थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ । भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ ।

यता चीनको टाउको दुखाई बनेको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि नयाँ अस्पताल बनाउने तयारी थालेको छ । १० दिनमा कोरोना भाइरस संक्रमितलाई उपचारका लागि उक्त अस्पताल बनाउन लागेको जनाइएको छ । अस्पताल एक सय शैयाको हुने र २५ सय वर्गमिटरको क्षेत्रफलमा बन्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top