NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

बुधबार असार १७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

(200216) -- OKARA, Feb. 16, 2020 (Xinhua) -- Photo taken with mobile phone on Feb. 15, 2020 shows Pakistani farmers trying to avoid locusts swarming in Okara district in eastern Pakistan's Punjab province. Locust attack on crops incurred heavy financial losses to farmers in some areas of the country. (Str/Xinhua) (Xinhua/Stringer via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असार, काठमाडाैँ ।

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत राससलाई बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।

Advertisement

“कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ”, जोशीले भने । कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु¥याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु-याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भने । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ ।

त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताउनुभयो । उनले भने, “हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।”

कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सात देखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए । पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।

केन्द्रका अनुसार आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण÷पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण÷पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ ।

यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गरे ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो ।

यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

काठमाडौँको सलह नुवाकोट पुग्यो

शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो । केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौँ उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने आज नुवाकोट पुगेको बताए ।

“नुवाकोटको विदुर आसपास जङ्गलमा रहेको छ, प्राविधिकहरु त्यसको निगरानी मै हुनुहुन्छ”, उनले भने । सलहको काठमाडौँ आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराकोे सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको छ ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।

सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

सलह देखिएमा के गर्ने ?

सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ ।

नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरुले आग्रह गरेका छन् ।रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.