×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

नेपालमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी: तेस्रोलिंगीलाई राख्न समस्या

७ पुष २०७४

नेपालको कारागार व्यवस्थापन भद्रगोल छ । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । करागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

तेस्रोलिंगीलाई राख्न समस्या 
विभागका अनुसार कारागारमा तेस्रोलिंगी कैदीबन्दी आउँदा व्यवस्थापनमा ठूलो समस्या आउने गरेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ । विभागका अनुसार तेस्रोलिंगी कैदीबन्दी राख्न छुट्टै ठाउँ नभएकै कराण गोलघरभित्र राख्नुपर्ने अवस्था आएको छ । गोलघरमा सामान्यतः गम्भीर अपराधीलाई राख्ने गरिन्छ । ‘तेस्रोलिंगी कैदीबन्दीलाई राख्न समस्या छ । पुरुष र महिला दुवै रहने ठाउँमा पनि राख्न नसकिने रहेछ । त्यसैले उनीहरूलाई गोलघरमा राखिने गरिएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने ।

Advertisement
Advertisement

११ सय विदेशी कैदीबन्दी 
मुलुकभरका ७४ कारागारमा अहिले ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् । त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । त्यसपछि बंगलादेश र पाकिस्तानका कैदीबन्दी धेरै छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय भोगेकाहरू छन् ।

Advertisement

सरकारले बजेट नदिँदा नुवाकोटको कारागार बनेन 
सरकारले बजेट नदिएपछि नुवाकोटमा बन्ने भनिएको मुलुककै ठूलो कारागार निर्माण अलपत्र बन्न पुगेको छ । सात हजार चार सय क्षमताको कारागार निर्माण आव ०७३-७४ मै सुरु भएको थियो । तर, सरकारले चालू आर्थिक वर्षका लागि आवश्यक बजेट नदिएपछि निर्माण कार्य अलपत्र बन्न पुगेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top