नेपाली कोरोना संक्रमितको शव भारतीय भूमिमा गाडेपछि तनाव बढ्यो

७ असार ७७, सोमबार

८ असार, कैलाली ।
कैलालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव भारतीय भूमिमा गाडेपछि तनाव सिर्जना भएको छ।

यो घटनालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका छन् भने सीमा विवादसँग पनि जोडेका छन्। कैलालीसँग सीमा जोडिएको उत्तर प्रदेशको बरेली जिल्लास्थित दुधुवा नेशनल पार्क क्षेत्रमा असार ३ गते कोरोनाबाट निधन भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवलाई प्रशासनको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको थियो।

मोहना नदीमा उनको दाहसंस्कार गरिएको थियो। दुधुवा नेशनल पार्क क्षेत्रमा शव गाडेको थाहा पाएपछि भारतीय प्रशासनले तत्कालै नेपाली पक्षसँग आपत्ति जनाएको नवभारत टाइम्सले जनाएको छ। समाचारमा शव उत्खनन गरेर अर्को ठाउँमा गाड्न सहमत भएको दावी गरिएको छ।

Advertisement

दुई पक्षीय बैठकमा भारतीय अधिकारीले आपत्ति जनाएपछि नेपाली पक्षले गल्ती स्वीकार गरेको समाचारमा उल्लेख छ। नेपाली अधिकारीले भने नदीको धार परिवर्तन हुँदा शव भारतीय भूमिमा पर्न गएको भन्दै गल्ती स्वीकार गरिएको उल्लेख छ। आइतवारको बैठकमा नेपाली अधिकारीले शव उत्खनन् गरेर नेपाली भूमिमै गाड्ने सहमति भएको पनि समाचारमा दावी गरिएको छ।

दुधवा नेशनल पार्कका फिल्ड डाइरेक्टर संजय पाठकलाई उद्धृत गर्दै डब्लुएचओको मापदण्डअनुसार शव निकाल्ने सहमति भएको उल्लेख छ। बैठकमा भारतीय पक्षले शव उत्खनन नगरे जंगली जनावरले उत्खनन गरेर खानसक्ने र यसबाट संक्रमण फैलिने खतरा रहेको कुरा उठाएका थिए।

Advertisement

समाचार अनुसार सो इलाकामा गस्ती बढाइएको छ। सो क्षेत्रमा नेपाली पक्ष शुक्रवार अर्को शव पनि दाहसंस्कार गर्न आएको र एसएसबीले रोकेर फिर्ता पठाएको समाचारमा उल्लेख छ।

नेपाली पक्ष के भन्छ?

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शव गाडिएको भूमि अलिकति भारततिर परेको स्वीकार गरे।

‘परापूर्व कालदेखि चलेको पुरानो मसानघाटमा डब्लुएचओको मापदण्डअनुसार शव व्वस्थापन गरिएको हो। अलिकति भारततिर परेछ,’ सिडिओ बोहराले भने। उनका अनुसार सो क्षेत्रमा दुधुवा नेशनल पार्कमा पर्छ। ‘भारतीय पक्षको चिन्ता जंगली जनावरले शव झिकेर संक्रमण बढाउँछ भन्नेमा थियो।

हामीले खाल्डो गहिरो खनेका थियौं। उत्खनन् गर्न सहज छैन भनेर उहाँहरुलाई आश्वस्त पार्‍यौं,’ सिडिओ बोहराले भने। उनले गाडेको शव उत्खनन गर्ने सहमति नभएको स्पष्ट पारे। ‘गाडेको शव निकाल्ने कुरा हुँदैन। हामीले भारतीय पक्षसँग गल्ती स्वीकार गर्दै आश्वस्त पारेका छौं।

अबदेखि त्यहाँ शव व्यवस्थापन नगर्ने सहमति भएको छ,’ प्रजिअ बोहराले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top