नेपाली चिकित्सक बेहोस नपारी ट्युमर निकाल्न सफल

२५ मंसिर ७५, मंगलबार
Share this
709shares

काठमाडौँ,मंसिर २५
नेपालमै मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।

Advertisement

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी उनको पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएका जानकारी दिइयो ।

नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top