नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध हुँदैछ : पूर्वराजा

७ कात्तिक, काठमाडौँ  ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विपत्तिबाट नागरिकका जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कार्यमा सरकार चुकेको औंल्याएका छन् । उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।

विजय दशमीको अवसरमा बिहीबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुने भन्दै उनले अहिले जनता अविभावकविहीन बनेको बताएका छन् ।

Advertisement

‘प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ,’ पूर्वराजाको सन्देशमा भनिउको छ, ‘जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्माबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहे पनि देशभित्र र देश बाहिर बसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top